विकासका नाममा कुनै अमुक व्यवसायी वा व्यक्तिलाई रामघाटको जिम्मा लगाएर हजारौ मजदुरहरुको रोजिरोटी नखोस्न पोखरा महानगरपालिकाको मजदुरहरुले ध्यानाकर्षण गराएका छन् ।
उनिहरुले भनेका छन्, “अहिले रामघाटमा माफिया, दलाल, श्रमशोषण र भुमाफियाहरुको गिद्धे नजर पर्न गएको छ । त्यप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।”
यस कार्यमा पोखरा महानगरपालिकाको समेत दुषित मनसाय देखिएको प्रति उनिहरुले गहिरो चिन्ता व्यक्त गरेका छन् । उनिहरुले आफ्ना माग र मुद्धामा जनप्रतिनिधिहरु समेत मुकदर्शक बनेर रमिते बनेको भन्दै आफ्ना आवाजहरुलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन् ।





