प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन तथा निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले आज बिहान विमानस्थलको निरीक्षण गरेका हुन् ।
गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न आईतबार पोखरा आएका प्रधानमन्त्री देउवाले बिहान कार्यता भेटघात पछि पोखरा अन्तराष्ट्रिय विमानस्थलको समेत निरीक्षण गरेका हुन् । उनले अवलोकलनका क्रममा निर्माणको बाँकी काम सम्पन्न गर्न समेत निर्देशन दिएका छन् ।




