कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका उपचार केन्द्रहरुमा उपचाररत संक्रमितहरु मध्ये ७ जना संक्रमितहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
यस अवधिमा थप १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको छ । १ हजार २६२ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितहरुको संख्या१८ हजार ८४८ पुगेको छ । उनिहरु मध्ये ३८५ जनाको सघन उपचार कक्ष आइसियु र १२५ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख १२ हजार बढिलाई कोरोना भाइरस विरुद्धको खोप लगाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार