आज ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोभिड–१९ महामारी कै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिक रूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
दिवस भव्य रूपमा मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा ४२ औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । यसवर्ष टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ नेपालमा दिवस मनाउन लागिएका हो ।
सबैका लागि पर्यटन ः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष भौतिक रूपमै कार्यक्रम गर्न लागिएको हो । दिवसका अवसरमा पर्यटन प्रवद्र्धन कै खातिर ११ देशका राजदुतहरु पोखरा आएका छन् । विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि गरी २८ सदस्यीय टोली पोखरा आइपुगेका हुन् । कतार, जर्मनी, श्रीलंका, यूएई, साउदी अरेबिया, दक्षिण कोरिया, इजिप्ट, थाइल्यान्ड, फिनल्यान्ड, बंगलादेश, युरोपियन युनियनका राजदूत पोखरा आएका हुन्।उनिहरुले आज सराङकोट, कास्कीकोट लगायतका पर्यटकिय स्थलहरुको अवलोकन गर्ने जनाईएको छ।
पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष सन् २०२० मा पर्यटक आगमन संख्या दुई लाख ३० हजार ८५ मात्र छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार