कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देश्नालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत संक्रमितहरु मध्ये ६ जनाको मृत्यु भएको हो ।
निर्देशनालयका अनुसार कास्कीका ५ जना र स्याङ्जाका १ जना गरि ६ जनाको मृत्यु भएको हो । यसअवधिमा १४८ जना महिला र ११४ जना पुरुष गरि २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सवैभन्दा धेरै कास्कीका कास्कीका १३४ जना रहेका छन् । हाल गण्डकीमा सक्रिय संक्रमितहरुको संख्या १ हजार ६३९ पुगेको छ । उनिहरु मध्ये १४४२ जना होम आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार