कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका २ जना, कास्की र बाग्लुङ्का १–१ जना गरि ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
यसअवधिमा ६२ जना महिला र ७५ जना पुरुष गरि १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २५२ जना संक्रमण मुक्त भएका छन् । हाल गण्डकीमा सक्रिय संक्रमितहरुको संख्या १ हजार ५९३ पुगेको छ ।
हालसम्म गण्डकीमा १ हजार ३३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।




