राष्ट्रिय सभाले लोकसेवा आयोग विधेयक २०७८ बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसदहरुको अवरोधका बिच विधेयक पारित गरिएको हो ।
प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाको भुमिका प्रति असन्तुष्टि जनाउदै बैठक अवरुद्ध गरेका एमाले सांसदहरुले चित्त बुझ्दो जवाफ सहित तटस्थ भुमिका खेल्न सभामुख सापकोटालाई आग्रह समेत दिए ।
अवरोधका कारण पहिलो बैठक स्थगित गरेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले दोस्रो बैठक भने अवरोधका बिच पनि सुचारु गरे । बैठकले विधायन समितिको प्रतिवेदन सहित लोकसेवा आयोग विधेयक २०७८ बहुमतले पारित गरेको हो ।




