साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको सुधार देखिएको छ ।
केही दिन लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हो । आज नेप्से परिसूचक ७१.४३ अंकले बढेर २ हजार ९ सय ४७.४२ अंकमा पुगेको छ ।
उता क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४३ प्रतिशतले बढेको छ । कारोबार रकम ९ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ । आज विभिन्न १० वटा कम्पनिको शेयर मुल्यमा सर्किट लागेको छ ।




