संसदमा नेकपा एमालेको अवरोध जारी छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले अवरोधका बिच संसद सुचारु गरेका छन् ।
यसअघिको पहिलो बैठक भने उनले निरन्तर अवरोधका बिच स्थगित गरेका थिए ।
तर, आजको दोस्रो बैठकमा पनि अवरोध जारी राखेपछि सभामुख सापकोटाले संसद बैठक सुचारु गरे । संसदमा नेमकिपाका सांसद प्रेम सुवालले बोलेका छन् ।
संसदमा अर्थमन्त्री जर्नादन शर्मा प्रभाकरले पेश गरेको आर्थिक अध्यादेश स्विकृत भएको छ ।




