कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरका विभिन्न अस्पतालमा उपचाररत २० जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
हाल ३० हजार ९७३ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । उनिहरु मध्ये ५१२ जनाको सघन उपचार कक्ष र १६३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालमा ४९ लाख ६२ हजार बढिले कोरोना विरुद्ध खोपको पुर्ण मात्रा लगाएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ भने, कुल संक्रमितको संख्या भने ८ लाखको हाराहाीमा रहेको छ ।




