कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर उपचारमा रहेका संक्रमितहरु मध्ये २० जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअवधिमा थप १ हजार ८९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ३१ हजार बढि रहेको छ । उनिहरु मध्ये ५२३ जनाको सघन उपचार कक्ष आईसियु र १६२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।




