कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत २३ जना संक्रमितहरुको मृत्यु भएको हो ।
हाल ५४० जनाको सघन उपचार केन्द्र र १५६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । ३३ हजार बढि सक्रिय संक्रमितहरु उपचार गराईरहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२ हजार २७४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ६४ हजार बढिले कोरोना विरुद्धको खोप लगाएका छन् ।




