गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण थप ५ जनाको मृृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका प्रदेशका विभिन्न अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचाररत ५ जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
निर्देशनालयका अनुसार कास्कीका २, बाग्लुङ, तनहुँ र स्याङ्जाका १–१ जना गरि पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको हो । यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ३०० पुगेको छ ।
यसअवधिमा महिला ११३ र पुरुष १२२ गरि थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल गण्डकीमा ३ हजार २ सय जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।




