मानवबेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले पोखराबाट एक जना महिललाई पक्राउ गरेको छ ।
पोखरामहानगरपालिका वडा नं.०६ शान्तिनगर स्थित ए वान रेष्टुरेन्टकी संचालक अस्मिता राईलाई मनवबेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जनाकारी दिए ।
आफ्नै रेष्टुरेन्टमा खाजा नास्ता बनाउने, खाजा नास्ता ग्राहकहरूलाई पुर्याउन वेयटरको काममा लगाईदिन्छु भनि ललाईफकाई प्रलोभनमा पारी महिलाहरूलाई डरत्रास देखाई बाध्य पारी यौनशोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रवक्ता हमालले बताए ।
ईलाममाई नगरपालिका वडा नं.८ चिसापानी स्थायी घर भई हाल पोखरा ६ शान्तिनगरमा ए वान रेष्टुरेन्ट संचालन गरी बस्ने वर्ष २८ की राईलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट तीनदिन म्याद थपगरि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाईछ ।
साथै पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार