कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचारमा रहेका २० जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल ५३७ जनाको सघन उपचार कक्ष र १६४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।




