गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका विभिन्न अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचारमा रहेका १० जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
विवरण अनुसार नवलपुरका ५ जना, कास्कीका ४ जना र स्याङ्जाका १ जनाले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ज्यान गुमाएका हुन् ।
यसअवधिमा थप ३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।




