गोर्खालीविरहरुको सम्मानमा सरकार र नागरिक सबै जुटेर काम गरेमा नेपालकै शानविश्व भर कायम रहने बताउँदै पर्यटन उद्योग वाणिज्य तथाआपूर्ति मन्त्री मणिभद्र शर्माले गण्डकी प्रदेश सरकार सदैव गोर्खालीको सम्मानमा रहने बताएका छन् ।
बुधबार स्याङ्जा जिल्ला फेदीखोलागाउँपालिकामानिर्माणाधिन गोर्खा स्मारक स्थलको अवलोकन गर्दै मन्त्रीले शर्माले गोर्खाली सैनिकको ईतिहासलाई लिपिबद्ध गरी विश्वबजारमा बिक्रीगर्दा मुलुकको अर्थतन्त्रलाई समेत टेवापुग्ने बताएका छन् ।
गाउँपालिकाकाअध्यक्ष घनश्याम सुवेदीपालिकाले यस योजनालाई गौरवको योजनाको रुपमालिएर काम गरीरहेको बताउँदै प्रदेश र संघीय सरकारले यसमाचासो र सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । त्यसै गरी वडा नं. १ का अध्यक्षखिमबहादुर क्षेत्रीले लगानीअनुसारको वातावरण सिर्जना गर्न सबैलाई अनुरोध गरेका छन् ।
कार्यक्रममाप्रजातन्त्रका सेनानीतारापती सुवेदीले सेनाहरुको बहादुरीले नेपालको इज्जतआएको र अहिले पनि नेपालीलाई राम्रो काम गर्ने सेनाको रुपमा हेरिने भएकाले यस्ता पार्कहरुले सबैको इज्जतहुने बताएका छन् ।युवा नेतायमप्रसाद पौडेलले पर्यटकिय गन्तव्यको रुपमाविकास गर्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
सन् १८१४को नेपाल–अंग्रेज युद्धदेखि विश्वकाविभिन्न देशका युद्ध भूमिहरुमामारिएका साठी हजार भन्दा बढी वीर गोर्खाबाट परिचितवीरगति प्राप्त नेपालीयुवाहरुको चिर स्मृतिमापार्क निर्माण भईरहेकोगोर्खा स्मारक ट्रष्टका अध्यक्षजंगबहादुर गुरुङले जानकारी गराएका छन् ।
गोर्खाली सैनिकमाथीभएको विभेदका विरुद्धमा विदेशमा समेत लडाई भईरहेको ट्रष्टका महासचिव डा. चन्द्रबहादुर गुरुङले बताउँदै आफ्ना नागरिकको सम्मान र स्मृतिकालागि सरकारले पनि सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार