केपी ओली आफ्नो बचनमा इमान्दार नभएको पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले आरोप लगाएका छन् ।
पार्टीमा ओलीले खालि जालझेल मात्र गरेको र एकलौटी रुपमा अगाडी बढ्ने गरेको उनले आरोप लगाए ।
माक्सवादले गलतकुराका सामु आत्मसर्पण गर्न नदिने उल्लेख गर्दै उनले केपी ओलीको गलत प्रवृतिको अन्तिम समयसम्म संघर्ष गर्ने चेतावनी दिए ।
केपी ओली पतनको बाटोमा अगाडी बढेको उनले स्पष्ट पारे ।




