कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा पचाररत ३५ जना संक्रमितहरुको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल नेपालमा ३९ हजार बढि सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।




