कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत २५ जना संक्रमितहरुको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार यसअवधिमा थप ३ हजार ७ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । १ हजार ८८५ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर ३४ हजार ९ सय बढि सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।
अहिले देशभरका भेन्टिलेटरहरुमा १५८ जना र आई.सी.युमा ७३२ जनाको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार