नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रिय समिति बैठक भोली पुनः बस्ने गरि स्थगित भएको छ ।
बैठकमा वरिष्ठ नेता नेपालले सम्बोधन गरेका छन् । उनले सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली समुहसंग सम्मानजनक अवस्था बाहेक एकतामा जानु राजनीतिक आत्महत्या सरह हुने बिफ्रीङ् गरेका छन् ।
तर, सो समुहका नेता रघु जि पन्तले भने आफुहरु पार्टी एकताका लागि निरन्तर वार्तामा रहेको बताए । बैठक पछि संचारकर्मीहरुसंग कुराकानी गर्दै उनले सम्मानजनक एकताका लागि आफुहरु निरन्तर वार्ता र छलफलमा रहेको बताएका छन् ।
नेकपा विघटन र प्रतिनिधिसभा पुर्नस्थापना पश्चात नेकपा एमाले स्पष्ट रुपमा दुईधारमा विभाजित बनेको छ ।




