कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका विभिन्न अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचाररत ८ जना संक्रमितहरुको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
विवरण अनुसार कास्कीका ४ जना, नवलपुरका २ जना, पर्वत र स्याङ्जाका १–१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।
यसअवधिमा थप ५१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।




