कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये ५ जनाको मृत्यु भएको हो ।
विवरण अनुसार कास्कीका ३ जना र स्याङ्जाका २ जनाको मृत्यु भएको हो । यसअवधिमा २१९ जना महिला र २४८ जना पुरुष गरि ४६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ४ हजार ६६९ पुगेको छ ।




