गण्डकीमा पछिल्ला दुई दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्यामा बृद्धि देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सोमबार संक्रमितको संख्या बढेर ७१० पुग्यो भने मंगलबार त्यो संख्यामा सामान्य घटेर ५५९ मा झर्यो ।
नेपालमा कोरोनाका संक्रमितहरु थपिदै गर्दा यसका विभिन्न भेरियन्टहरु समेत देखिन थालेका छन् । जसका कारण जोखिमहरु थप चुनौतीपुर्ण बन्दै गएका स्वास्थ्य अधिकारीहरुले बताउदै आएका छन् ।
हाल नेपालमा कोरोनाका अल्फा, डेल्टा र कप्पा भेरियन्टहरु फेला परिसकेका छन् । पछिल्ला भेरियन्टहरु थप घातक र संक्रामक रहेका स्वास्थ्य अधिकारीहरुको तर्क छ । यससंगै गण्डकीमा कोरोना संक्रमण बढेपछि चिन्ताहरु थपिएका छन् ।
हाल गण्डकीमा सक्रिय संक्रमितहरुको संख्या ४ हजार नजिक पुगेको छ । विवरण अनुसार ३ हजार ६०४ जनामा संक्रिय संक्रमण रहेको छ । उनिहरु मध्ये ३ हजार ४१२ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकीको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
कुल ६५ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा झण्डकै ६१ हजार संक्रमणमुक्त भएका छन् भने १ हजार ६६ जनाको मृत्यु भएको छ ।




