जसपाको कार्यकारिणी सदस्य रेशम चौधरीले आफु पार्टीको कुनै पनि पक्षमा नलाग्ने बताएका छन् ।
दिल्लीबजार कारागारमा सजाय भोगिरहेका चौधरी पार्टीको विवाद समाधानका लागि वैधानिक मान्यता कुन पक्षलाई दिने भन्ने सम्बन्धमा निर्वाचन आयोगमा गरिएको सनाखतमा सहभागी हुन पुगेका थिए ।
तर, आफु पार्टीको कुनै पक्षमा नलाग्ने उनले बताए । महाभारतको कथाको एक अंश सुनाउदै महन्थ ठाकुरलाई महाभारतको भिष्मपिता बन्न पनि सुझाव दिए । आफुलाई पार्टीको पक्ष र विपक्षमा उभिन नैतिकताले नदिने भन्दै आफ्नो पक्ष पनि जसपा र विपक्षमा जसपा नै रहेको उनले उल्लेख गरे ।
उनले आफुलाई राजनीतिक बन्दि बनाईएको भन्दै न्याय नपाएको आभाष सहित कविता पनि सुनाए ।




