कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका २ जना, गोरखा र बाग्लुङ्गका १–१ जना गरि चार जनाको मृत्यु भएको हो ।
यसैबिच पछिल्लो २४ घण्टामा २२० जना महिला र २२७ जना पुरुष गरि ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
३४४ जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार