पोखरा महानगरपालिकामा स्थगित भएको खोप अभियान सोमबारदेखी पुनः सुरु हुने भएको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार साउन ११ देखी १४ गतेसम्मको खोप कार्यक्रम सार्वजनिक गरिएको हो ।
सोमबार पोखरा महानगरपालिकाको १८–३३ वडाका ५५ वर्ष माथी र शिक्षकहरुका लागि भेरोसेल खोप लगाउने व्यवस्था गरिएको छ । यस्तै सोही वडाका हालसम्म कुनै पनि खोप प्राप्त नगरेका ५२–५४ वर्ष उमेर समुहका लागि जनसन एण्ड जनसन खोप लगाउने व्यवस्था गरिएको महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले जनाएका छन् ।
अभियान अन्तरगत महानगरको १–१७ वडामा पनि हालसम्म कुनै पनि खोप प्राप्त नगरेका ५२–५४ वर्ष उमेर समुहका व्यक्तिहरुका लागि साउन १४ गते जनसन एण्ड जनसन खोप लगाउने व्यवस्था गरिएको छ । तोकिएका स्वास्थ्य केन्द्रहरुमा खोप बिहान १० बजेदेखी दिउँसो ४ बजे सम्म लगाउने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार