गण्डकीमा कोरोना भाइरसको सक्रिय संक्रमितहरुको संख्या २ हजार ९८२ रहेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सवैभन्दा धेरै कास्कीमा १ हजार २१५ जना रहेका छन् ।
यस्तै प्रदशेका अन्य जिल्लाहरुको विवरण अनुसार नवलपुरमा ५६९, गोरखामा २९९, तनहुँका २४२, बाग्लुङा २०२, स्याङजाका १८०, पर्वतमा १३९, लमजुङ्मा ६९, म्याग्दीमा ३३, मुस्ताङमा २३ र मनाङमा १० जना रहेका छन् ।
संक्रमितहरु मध्ये २ हजार ८८७ जनाको होम आइसोलेसनमा उपचार भैरहेको छ ।




