नेकपा एमालेको केन्द्रिय समिति बैठकले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला प्रति गम्भिर असहमति जनाएको छ । तर, पनि पार्टीले विधिको शासनको सम्मान गर्ने पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले बताए । बिमतिका बाबजुत फैसलाको कार्यान्वयन गर्ने विषेश प्रस्ताव केन्द्रिय समिति बैठकले पारित गरेको उनले जनाएका ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको उपलब्धिमुलक कामहरुका खातिर सरकारलाई धन्यवाद दिएको छ । साथै ति उपलब्धिहरुलाई जनाको सामु लिएर जाने प्रस्ताव समेत पारित गरेको छ ।
पार्टीले सरकारको प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने उनले बताए । जनमत अभिवृद्धि गर्ने गरि जनताको विचमा जाने प्रस्ताव समेत पार्टीको केन्द्रिय समिति बैठकले पारित गरेको छ ।
पार्टीलाई पुर्नजिवित गरेर नयाँ आयामका साथ एकतावद्ध बनाएर लैजाउने निर्णय समेत गरेको उनले बताए ।
बैठक भोली दिउँसो ३ बजे पुस्पलाल स्मृति प्रतिष्ठानमा पुनः बस्नेछ ।




