कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका अस्पताल तथा उपाचार केन्द्रहरुमा उपचाररत संक्रमितहरु मध्ये ३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
यसअवधिमा थप ३६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २८१ जना संक्रमण मुक्त भएका छन् ।
हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या ३ हजार १०९ रहेको छ ।
https://googlepokhara.com/covid-news-update-3/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार