गोरखा, संखुवासभा, मोरङ, कैलाली र कपिलवस्तु लगायत मुलुकका विभिन्न स्थानहरुमा ६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार गोरखाको सहिदलखन गाउँपालिका(९ बुङकोटघाटमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका(७ बस्ने ६० वर्षीय लाल बहादुर राउत मंगलबार मृत अवस्थामा फेला परेका छन् । गोरखा कै गोरखा नगरपालिका(१२ हात्तीसार फाँट नजिकै दरौदी खोलाको बिच भागमा पालुङटार नगरपालिका(२ चापाभन्ज्याङ बस्ने ४८ वर्षीया सुकमाया मंग्राती मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै संखुवासभा, पाँचखपन नगरपालिका(९ भालुखोप बस्ने २० वर्षीय राज बहादुर तामाङ सोही ठाउँस्थित कमेरे पहिरे खोलाको काठले बनेको पुल भन्दा करिब ६ मिटर तल मंगलबार मृत अवस्थामा फेला परेका छन् । साउन ४ गते सोही ठाँउ रमितेस्थित बाजेको घर गएका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
उता मोरङ, पथरी शनिश्चरे नगरपालिका(२ डेरा गरी बस्ने पाँचथर कुमायक गाउँपालिका(३ घर भएका ५५ वर्षीय देबेन्द्र गजुरेल आफ्नै कोठामा गएराति मृत अवस्थामा फेला परेका छन् । कैलाली, लम्कीचुहा नगरपालिका(३ बल्चौरस्थित पसल नजिक जानकी गाउँपालिका(८ बस्ने १७ वर्षीय धन बहादुर कठरिया बुधबार मृत अवस्थामा फेला परेका छन् ।
र, कपिलवस्तु, मायादेवी गाउँपालिका(४ चाकरचौडास्थित मदिरा पसल पछाडी सोही ठाउँ बस्ने ६० वर्षीय अवधराम चमार बुधबार मृत अवस्थामा फेला परेका छन् । यी सवै घट्नाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




