कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत थप २५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
यसअवधिमा थप ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ५९५ जना संक्रमण मुक्त भएका छन् । हाल ५९२ जना को आई.सी.यु र १७२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ९ हजार ६०७ जनाको मृत्यु भएको छ ।




