कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत ६ जना संक्रमितहरुको मृत्यु भएको हो ।
यसअवधिका २०४ जना महिला र २१३ जना पुरुष गरि ४१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २९४ जना संक्रमणमुक्त भएका छन् । प्रदेशभर २ हजार ८६८ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
आज कास्कीमा सवैभन्दा धेरै १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।




