काठमाडौं, अछाम, मकवानपुर,महोत्तरी, चितवन र रुपन्देहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका(२६ नयाँबजार मनाङगेट नजिक सडकमा प्र।न।०२(०१९ प।९९५९ नम्बरको मोटरसाइकललाई प्र।न।०३ (०१(००३ क ४९९४ नम्बरको आईचर क्रेनले आइतबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक काठमाडौं टोखा नगरपालिका(४ बस्ने २० वर्षीय पुजन नगर्चीको मृत्यु भएको छ ।
यस्तै अछामको मंगलसेन नगरपालिका(१४ कालागाउँस्थित सडकमा कालागाउँबाट ठाँटीखादतर्फ जाँदै गरेको अन टेष्ट लेखिएको जेसिबी अनियन्त्रित भई सडकबाट अन्दाजी ७० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा जेसिबीमा सवार ढकारी गाउँपालिका(२ बस्ने ३६ वर्षीय राम बहादुर साँउदको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जेसिबीका सह(चालक समेत २ जनाको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ । हाल फरार जेसिबी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता मकवानपुरको हेटौंडा उपमहानगरपालिका(३ बसामाडी लेवटस्थित सडकमा हेटौंडा बजारबाट नेवारपानीतर्फ जाँदै गरेको ना।२२ प ६७७८ नम्बरको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीको मनरा सिसवा नगरपालिका(२ भोल्ही चोकस्थित सडकमा सरपल्लोबाट भोल्हीचोकतर्फ जाँदै गरेको अन टेष्ट लेखीएको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय मोहिम मसुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवनको भरतपुर महानगरपालिका(१ मुग्लिङ नारायणगढ सडक(खण्डमा नारायणगढबाट मुग्लिङतर्फ जांदै गरेको बा।२ ख ९३६१ नम्बरको हाईस गाडीको ठक्करबाट भरतपुर महानगरपालिका(२९ भतेरी बस्ने ८२ वर्षीया सुकमाया मगरको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका(६ स्थित भित्री सडकमा लु।२९ प ७०८५ नम्बरको मोटरसाइकल बाटोमा हिडिरहेको स्यालसँग ठोकिएर सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका(६ गणेशपुर बस्ने १९ वर्षीय गोमन घर्तीमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




