डा.गोविन्द केसीले नयाँ सरकारसामु ५ बुँदे माग राखेका छन् । नयाँ सरकार गठन भएसँगै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या तथा तिनका समाधानका लागि गर्नुपर्ने भन्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.केसीले ५ बुँदे माग अघि सारेका हुन् ।
डा.केसीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी पदमुक्त गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने र नाजायज फाइदा लिन खोज्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
यस्तै इलाम वा पाँचथर, उदयपुर र डडेलधुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खाल्नुपर्ने, चिकित्सा शिक्षा ऐनको प्रावधान सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने माग पनि उनले अघि सरेका छन् ।




