प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत पाएका छन् ।
उनको पक्षमा १६५, विपक्षमा ८३ मत परेको छ । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राजमो, एमालेको माधव कुमार नेपाल समुह र ओली समुहका सांसदहरुले समेत मतदान गरेका हुन् ।
सर्वोच्च आदलतको परमादेश मार्फत देउवा प्रधानमन्त्री बनेका हुन् ।




