मोफसलमा रहेर नेपाली गीत संगीतको निर्देशनमा व्यस्त रहेका निर्देशक होम गुरुङले निर्देशन गरेको बिष्णु खत्री र रिना केसीको तीज गीत ‘मुग्लीन’ युट्यूबको टेण्ड्रिङमा पर्न सफल भएको छ । अपलोड गरिएको २४ घण्टा पनि नहुँदै चर्चामा पुगेको हो । बर्खाको बेला श्रीमतीलाई माईत नजाउ, यो बर्खाको सट्टामा तिहारमा जाउ भन्ने जस्ता ममस्पर्शी शब्दहरु गीतमा रहेका छन् । पछिल्लो समय पोखरामा रहेर सयौं गीतलाई कोरियोग्राफी तथा निर्देशन गरिसकेका युवा निर्देशन होम गुरुङले पोखरा देखी मुग्लिन गएर गीतको भिडियो उत्पादन गरेका थिए । गीतमा ओभी रायमाझी र सारीका केसीको अभिनय रहेको छ भने गीतलाई गणेश सापकोटाले छायंकन गरेका हुन् भने प्रबिन भट्टले सम्पादन गरेका हुन् । हेनुहोस् लोकप्रिय गायक बिष्णु खत्री र रीना केसीको चर्चित गीतको भिडियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार