यातायात व्यवसायमा संलग्न कर्मचारीहरुका लागि खोप कार्यक्रम संचालन गर्न केन्द्रहरु तोकिएका छन् । स्वासथ्य कार्यालय कास्कीका अनुसार आइतबार देखी मंगलबारसम्म विभिन्न खोप केन्द्रमा खोप लगाउने कार्यक्रम तय गरिएको हो ।
तालिका अनुसार वेगनासताल पोखरा यातायात प्रालिमा आवद्ध कर्मचारीहरुलाई संक्रामक तथा सरुवा रोग अस्पताल मोहोरियामा आइतबार बिहान १० बजेदेखी ३ बजेसम्म खोप लगाईने छ । यस्तै बस व्यवसायी समितिका कर्मचारीहरुलाई अमरसिंह उच्चमावी पोखरामा आइतवार र सोमवार विहान १० बजेदेखी दिउँसो ४ बजेसम्म खोप लगाउने व्यवस्था मिलाईएको छ ।
ट्याक्सी व्यवसायी समितिमा आवद्ध कर्मचारीहरुका लागि सोमबार र मंगलबार अमरसिहं उमावि पोखरामा लगाउने व्यवस्था गरिएको छ भने, वैदेशिक रोजगारीमा जानेहरुका लागि पनि सोही स्थानमा मंगलबार खोप लगाउने व्यवस्था गरिएको छ ।
यसबाहेक आइतबार पोखरा महानगरपालिकाको वडा नं. १८ देखी ३३ सम्मका वडाहरुमा ५५ वर्ष माथिका नागरिकहरुलाई खोप लगाउने व्यवस्था गरिएको जनाईएको छ ।





