नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ५ ओख्खोर गाउँका १८ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
नवलपुर प्रहरीका अनुसार अविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा रहेका ति परिवारलाई प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।
पहिरोको उच्च जोखिममा रहेका १८ घर परिवारका ७१ जना मानिसहरुलाई हुप्सेकोट गाउँपालिका वडा नं १ जुकेपानीमा स्थानान्तरण गरिएको हो ।





