विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलन सक्ने चेतावनी दिएको छ । बिहीबार डब्लूएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ र घातक भेरिएन्ट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको हो । यसले कोरोना महामारी नियन्त्रण र रोकथाममा थप चुनौती निम्तिने पनि डब्लूएचओको भनाइ छ ।
डब्लूएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयसस भन्छन्, कोभिड–१९ महामारी समाप्त हुँदैछ भनेर गलत धारणा फैलाइरहेको विषयमा इमर्जेन्सी कमिटीले चिन्ता व्यक्त गरेको छ । जबकि अहिले नै महामारी समाप्त हुने देखिँदैन ।’ त्यस्तै समितिले कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलिने सम्भावनाका बारेमा पनि चासो र चिन्ता व्यक्त गरेको उनले बताएका छन् ।
कमिटीले कोभिड–१९ को नयाँ र सम्भवतः अझ घातक भेरिएन्ट्स अफ कन्सर्न’ फैलिने प्रबल सम्भावनाका बारेमा चिन्ता व्यक्त गरेको छ । यसकारण महामारी रोकथाम र नियन्त्रण अझ चुनौतीपूर्ण हुने उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार