पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीलाई हृदयघात भएको छ ।
आज बिहान एक्कासी हृदयघात भएका जिसीलाई उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल लगिएको छ । उनलाई थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भैरहेको पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले जनाकारी दिए ।
जिसिको अवस्थामा सामान्उ सुधार आएको र उनि बोल्न सक्ने अवस्थामा रहेको प्रवक्ता नेपालीले बताए । बिहानै हृदयघातको लक्षण देखिएका जिसीलाई बिहान ६ बजेदेखी उपचार थालिएको थियो ।
उनको दिमागमा असर देखिएको छ ।




