नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको नयाँ सरकारले आगामी साउन ३ गते पुर्नस्थापित प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिस गरेको छ ।
आज बसेको मन्त्रीपपिरषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सो सिफारिस गरेको सरकार प्रवक्ता समेत रहेका कानुन तथा संसदिय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जनाकारी दिए ।
यसअघि साउन २८ गते सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको फैसला गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट अपदस्त गरिदिएको थियो भने कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सो क्रममा अदालतले साउन ३ गते भित्र संसद आह्वान गर्न पनि आदेश दिएको थियो ।
https://googlepokhara.com/gandaki-covid-news-8/
https://googlepokhara.com/nepal-covid-news-8/




