कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ६ जनाको मृत्यु भएको हो ।
विवरण अनुसार नवलपुरका ३ जना, स्याङ्जा, कास्की र पर्वतका १–१ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको हो । यसअवधिका गरिएको नमुना परिक्षणमा १७७ महिला र १८३ पुरुष गरि ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७३ जना संक्रमण मुक्त भएका छन् ।
https://googlepokhara.com/nepal-covid-news-8/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार