नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेतवार्ता भएको छ ।
नेपाल निवास कोटेश्वरमा भएको छलफल तथा भेतवार्तालाई निकै महत्वका साथ हेरिएको छ । पछिल्लो पटक सिर्जना भएको मुलुकको राजनीतिक अवस्था र कम्युनिष्ट नेताहरु बिचको छलफललाई महत्वका साथ हेरिएको हो ।
भेतवार्ताका क्रममा कम्युनिष्ट एकता, पछिल्लो राजनीतिक अवस्था, मुलुकका उत्पन्न परिस्थिती, कोरोना महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ । यसअघि नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल बिच भेतवार्ता भएको थियो ।
नेपाललाई भेट्न देउवा आफै नेपाल निवासमा पुगेका थिए । अदालतले प्रधानमन्त्रीबाट अपदस्त गरिदिएपछि बालकोट पुगेका केपी शर्माओलीले नेपाललाई गद्धार भनि तिखो आलोचना गरेपछि एमाले एकताको सम्भावना ताढिएको छ । यसपरिस्थतीमा नेपाल के गर्लान भन्ने सर्वत्र चासो बढिरहेका बेला प्रधानमन्त्री र कम्युनिष्ट नेताहरु बिचको भेतवार्ता अर्थपुर्ण हुनसक्ने अनुमान गरिएको छ ।

https://googlepokhara.com/prachanda-felocity-wolk/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार