गण्डकी प्रदेशमा हाल २ हजार ६२८ सक्रिय संक्रमितहरु रहेका छन् । उनिहरु मध्ये २ हजार ४१० जना संक्रमितहरु होमआइसोलेसनमा रहेका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार सवैभन्दा धेरै कास्कीमा ८३२ जना संक्रमितहरु रहेका छन् भने, नवलपुरमा ४१९ जना सक्रिय संक्रमित छन् । यस्तै बाग्लुङ ३५२, तनहुँमा २२७, गोरखामा २१५, लमजुङमा १८२, पर्वतमा १५६, स्याङ्जामा १५५, म्याग्दीमा ५७, मुस्ताङमा १९ र मनाङमा १४ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
पछिल्लो पटक प्रदेशमा दैनिक ३ सयभन्दा धेरैको हाराहारीमा कोरोना सक्रिय संक्रमितहरु थपिदै आएका छन् । बजार पसलहरु खुलेका कारण संक्रमण बढ्न सक्ने जोखिम रहेको अधिकारीहरुको भनाई छ ।





