गण्डकी प्रदेशसभाको आजको बैठकमा कुर्सि फाएिको विषयमा एमाले संसदिय दलले प्रतिपक्षको विरोधको अधिकारका रुपमा उल्लेख गरेको छ । विरोधका क्रममा सत्ता पक्षका सांसद बिचमा घुस्न आएपछि आफुहरुले त्यसको प्रतिवाद गरेको पार्टीका सचेतक मायानाथ अधिकारीले बताए ।
२७ जना सांसदहरु प्रतिपक्षमा रहेको बताएका उनले चाहेको भए आफुहरुले जे पनि गर्न सक्ने अवस्था रहेको उल्लेख गर्दै अनावश्यक विषयहरुलाई अतिरञ्जित नगर्न संचाकर्मीहरुलाई समेत सचेत गराए । सतह मात्र नभई विषयवस्तुको गहिराई ख्याल गर्न उनले आग्रह गरे ।
ठाँउ साँघुरो भएका कारण टेवल सारिएको सचेत अधिकारीले बताए । टेबल फ्याक्ने सांसद बस्नेतले भने टेबल सारेको देखिन्छ कि फालेको देखिन्छ भनि प्रति प्रश्न गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार