गण्डकी प्रदेशसभाको बैठक अर्को सुचना नआएसम्मका लागि स्थगित भएको छ । संसदमा विनियोजन विधेयक पेश गर्ने सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष बिच खटपट भएपछि नेकपा एमालेका सांसदहरु बैठकबाट बाहिरिएका थिए ।
उनिहरु बाहिरिएपनि सत्तापक्षको उपस्थितीमा सभामुख नेत्रनाथ अधिकारीले सदनलाई जारी राखे र, विनियोजन विधेयक पास गर्ने आवश्यक संसदिय प्रक्रियाहरु अगाडी बढाए । अन्ततः बजेटलाई बहुमतले पारित भएको घोषणा गर्दै संसद बैठक अर्को सुचना नआएसम्मका लागि स्थगित गरिएको व्यहोरा सुनाए ।
प्रदेशसभा आज दिनभरजसो एमालेका संसादहरुले अवरुद्ध गरे । आजमात्रै संसदको बैठक चार पटक बसेको छ । १० बुँदे घोषणा पत्रको सुनुवाई, १६ करोड रकमान्तरको स्पष्टोक्ती, विनियोजित बजेटमा सुधार लगायतका विषयहरु उठाउदै आएका छन् ।
https://googlepokhara.com/gandaki-budget-2/
https://googlepokhara.com/anugaman-samitil/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार