सर्वोच्च अदालतको परमादेश मार्फत अपदस्त गरिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो निजि निवास बालकोट सर्दैछन् । उनलाई नेकपा एमालेको युवा दस्ता युथफोर्सले स्र्कर्टिङ गर्ने बताईएको छ ।
ओली ४१ महिनादेखी सरकारी निवास बालुवाटार बस्दै आएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकिकरण पश्चात दुई तिहाइ बहुमतको सरकारमा प्रधानमन्त्री बनेका ओली आफ्नै पार्टी अन्तरविरोधका कारण सत्ताच्युत भएका हुन् ।
सत्तामा रहदाँ विभिन्न किसिमका हतकण्डाहरु अपनाए पनि ओली अन्ततः अदालतको आदेश बमोजिम अपदस्त गरिए । जादाँजादै राष्ट्रका नाममा उनले गरेको अन्तिम सम्बोधनमा पनि आफुलाई जनताले नभई अदालतको आदेशले हटाईएको गुनासो गरेका थिए ।
४१ महिनाको आफ्नो कार्यकालमा अवरोधका बिच पनि सवै राम्रा कामहरु भएको उनले दावी गरे । ओलिको बर्हिगनलाई कतिपयले प्रतिगमनको यात्रामा ब्रेक भनेका छन् ।




