विपक्षी गठबन्धनका नेता नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्री बन्ने भएका छन् । अल्पमतको सरकारका रुपमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतले अपदस्त गरिदिएपछि देउवा प्रधनमन्त्री बन्ने भएका हुन् ।
देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले राष्ट्रपतिलाई परमादेश जारी गरेको छ । परमादेश जारी भएको २८ घण्टा भित्र देउवालाई प्रधानमन्त्री घोषणा गर्न र साउनको ३ गते भित्र प्रतिनिधि सभाको बैठक बस्न पनि उसले आदेश गरेको छ ।
सरकारको नेतृत्व गर्ने भएपछि देउवाले आजै सानो आकारको मन्त्रीमण्डल निर्माण गर्नेछन् । पछि क्रमश दलहरुबिचको छलफल र आपसी समmभदारीमा उनको मन्त्रीमण्डल विस्तार हुनेछ । सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुर्नस्थापना गर्दै ओली सरकार अपदस्त गरिदिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार