पुर्नस्थापित प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले सर्वोच्चको फैसला ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभा पुर्नस्थापना गर्ने यो फैसलाले राजनीति निकास समेत दिएको उनले बताए ।
सर्वोच्चको फैसलाले राज्यका अंगहरुलाई पनि दिशानिर्देश गरेको उनले बताए । यो फैसलाले ऐतिहासिक रुपमा सिद्धान्त स्थापित गरेको सापकोटाले बताए । यसले आफ्नो समेत जिम्मेवारी थपिएको उनले बताए ।




